Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

दुईपटक अर्थमन्त्री बनेका बर्षमान पुनको पहिलो बजेट भाषण

दुईपटक अर्थमन्त्री बनेका बर्षमान पुनको पहिलो बजेट भाषण

  • मंगलवार, जेठ १५ २०८१

  • 983
    SHARES

  • दुईपटक अर्थमन्त्री बनेका बर्षमान पुनको पहिलो बजेट भाषण

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले केहीबेरमा आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। दिउँसो ३ बजेदेखि बस्ने संयुक्त सदनको बैठकमा उहाँले बजेट सार्वजनिक गर्नुहुनेछ ।

    बजेटको ब्रिफकेस बोकेर उहाँ क्याविनेट बैठकमा प्रवेश गर्नुभएको छ। मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य पारित गर्नुपर्ने प्रावधान छ । यसपटक नेपाली ढाकाबाट निर्मित ब्रिफकेस प्रयोग गरेर उहाँले स्वदेशी उत्पादनको प्रवर्द्धनको सन्देश दिन खोज्नुभएको छ ।

    योसहित २ पटक अर्थमन्त्री बनेका पुनले पहिलो पटक पूर्ण बजेट ल्याउँदै हुनुहुन्छ । झण्डै १३ वर्ष अगाडि पनि अर्थमन्त्री हुनुभएका पुनले त्यति बेला बजेट ल्याउन पाउनुभएको थिएन ।

    २०६८ भदौ १२ मा डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा सहभागी हुनुभएका पुनले तरल राजनीतिका कारण २ पटक पूरक बजेट मात्र ल्याउनुभएको थियो ।

     


    मंगलवार, जेठ १५ २०८१०२:३८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij