काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ ।
बानेश्वरस्थित संसद भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो । आजै बस्ने संसद बैठकले कार्यादेशसहित संसदीय समिति बनाउने छ ।
सहकारी संस्थाहरुको रकम अपचलनको विषयमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी छ ।
कानुन मन्त्रालयमा जारी बैठकमा कार्यदलका सदस्यहरुका साथै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसमेत सहभागी हुनुहुन्छ ।