Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.1K
    SHARES

  • उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

    उदयपुरको त्रियुगा नगरपालिका- २ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर चलाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुने महिला त्रियुगा नगरपालिका- २ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकी रहेकी छिन्।

    शुक्रबार बेलुकी ४ बजेतिर धानखेतमा पानी लगाउन मोटर चलाउँदा तत्कालै बुढाथोकीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भई भुइँमा ढेलकी बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

    मृतक बुढाथोकीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

     


    शनिवार, कार्तिक १५ २०७७०१:१६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij