Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

कञ्चनपुरमा बिहेको भोज खाँदा ३४ जना बिरामी

कञ्चनपुरमा बिहेको भोज खाँदा ३४ जना बिरामी

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.3K
    SHARES

  • कञ्चनपुरमा बिहेको भोज खाँदा ३४ जना बिरामी

    कञ्चनपुरमा बिहेको भोज खाँदा ३४ जना बिरामी परेका छन् । जिल्लाको वेदकोट नगरपालिका- २ बसन्तथलाका स्थानीयको विवाहमा भोज खाएका उनीहरू बिरामी परेका हुन् । बिरामी परेका २९ जनालाई शुक्रबार र शनिबार बिहान थप ५ जनालाई अस्पताल पुर्‍याइएको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले बताउनुभयो।

    बिरामी परेकाहरूको महाकाली अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये २२ वर्षकी युवतीलाई सघन कक्षमा राखेर उपचार भइरहेको महाकाली अस्पतालका मेडिकल मेडिकल अफिसर धर्मानन्द जोशीले जानकारी दिनुभयो।

    उहाँका अनुसार ५ जनालाई सामान्य उपचारपछि घर पठाइएको भए पनि २९ जना अहिले महाकाली अस्पतालमा उपचाररत रहेका छन् । विवाहमा मासु र अचार खाएपछि चक्कर आएर बेहोस भएको बताइएको छ । फुड पोइजन भएको कारणले उनीहरू बिरामी भएको अस्पतालले जनाएको छ।


    शनिवार, कार्तिक १५ २०७७०१:१२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij