Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रतिपक्षीलाई पेलेरै नीति तथा कार्यक्रम पारित, समय सापेक्ष कार्यक्रम ल्याएको सत्तापक्षको दाबी, मंगलबार बजेट ल्याइँदै (खासखबर)

प्रतिपक्षीलाई पेलेरै नीति तथा कार्यक्रम पारित, समय सापेक्ष कार्यक्रम ल्याएको सत्तापक्षको दाबी, मंगलबार बजेट ल्याइँदै (खासखबर)

  • आइतवार, जेठ १३ २०८१

  • 484
    SHARES

  • प्रतिपक्षीलाई पेलेरै नीति तथा कार्यक्रम पारित, समय सापेक्ष कार्यक्रम ल्याएको सत्तापक्षको दाबी, मंगलबार बजेट ल्याइँदै (खासखबर)

    काठमाडौं। सरकारले संसद्मा पेश गरेको आर्थिक वर्ष २०८१÷०८२ को साझा नीति तथा कार्यक्रम प्रतिपक्षी दलहरुको विरोधका बीच पारित भएको छ । कांग्रेसले गरेको चर्को नाराबाजीका बीच अर्थमन्त्री बर्षमान पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।समग्रमा मुलुकको आर्थिक सुचकांक सकारात्मक बाटोमा गइरहेको र राजश्व लक्ष्य प्राप्तिमा सुधार आएको उहाँको दाबी छ।

    ऋणको दर भने विगतको तुलनामा थपिँदै गएको छ। माओवादी केन्द्रका सांसद जनार्दन शर्माले जनताको आक्रोश र आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यकता भएको बताउनुभएको छ।नीति तथा कार्यक्रममा सुझाव दिँदै उहाँले सुशासन र समृद्धिका पक्षमा सरकारले जोड दिएको बताउनुभयो।

    संविधान कार्यान्वयन र संघीयताको सबलीकरणका लागि नीति कार्यक्रम बलियो रुपमा आएको उहाँको भनाइ छ।नेकपा एमालेले अवरोधका बीचमा पनि संसदबाटै बजेट ल्याइने बताएको छ।कांग्रेसको नाराबाजीका बीच पनि अर्थमन्त्री पुनले कानमा कपास राखेर बजेट भाषण गर्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।

    आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले रोष्टमबाट बोल्दा नेपाली कांग्रेसका सांसदहरूले चर्को नाराबाजी गरेपछि उहाँले कडा प्रहार गर्नुभएको छ।सांसद वाग्लेले संसदीय छानबिन समिति बनिसकेको अवस्थामा कांग्रेसले गरिरहेको संसद् अवरुद्ध औचित्यहीन र कर्मकाण्डी विरोध रहेको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस बीपीको सिद्धान्तबाट स्खलित भएको पनि टिप्पणी गर्नुभयो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट भाषणको समयसम्म संसदको गतिरोध हट्ने दाबी गर्नुभएको छ । आफूपनि निरन्तर कांग्रेससँग संवादमा रहेको बताउँदै उहाँले अन्तिम निर्णयमा पुगिने बताउनुभयो ।

    सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक आह्वान गर्नुभएको छ ।


    आइतवार, जेठ १३ २०८१०८:०७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij