Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

‘गिरिबन्धुबाट जोगिन ओलीले सहकारीमा रविलाई जोगाउँदैछन्’ : विश्वप्रकाश शर्मा

‘गिरिबन्धुबाट जोगिन ओलीले सहकारीमा रविलाई जोगाउँदैछन्’ : विश्वप्रकाश शर्मा

  • आइतवार, जेठ १३ २०८१

  • 626
    SHARES

  • ‘गिरिबन्धुबाट जोगिन ओलीले सहकारीमा रविलाई जोगाउँदैछन्’ : विश्वप्रकाश शर्मा

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु प्रकरणमा आँफु जोगिन सहकारी ठगीमा रवी लामिछानेलाई साथ दिएको आरोप लगाउनु भएको छ।

    आज राजधानीमा कांग्रेसले सरकारविरुद्ध गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै शर्माले ओलीले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा साथ दिएर गिरिबन्धुमा साथ लिन लागिपरेको आरोप लगाउनु भएको हो।

    शर्माले गिरिबन्धुमा साथ लिनकै लागि संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडानमा ओली रहेको बताउनु भयो। गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आसय रहेको उहाँको आरोप छ।

    शर्माले भन्नुभयो, ‘ओलीलाई जोगाउनुपर्ने पार्टी पङ्ति छ। रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ, झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भक्तपुरका रवि लामिछानेलाई समय लाग्छ।’


    आइतवार, जेठ १३ २०८१०५:३६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij