Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

  • आइतवार, जेठ १३ २०८१

  • 591
    SHARES

  • नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुरेन्द्र थापा नियुक्त हुनुभएको छ ।

    कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले थापालाई चार वर्षका कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पुनर्बीमा कम्पनीको सिईओ छनौट समितिले सर्टलिष्टमा परेका पाँचजना मध्येबाट प्रस्तुतिकरण लिइसकेपछि सिईओ सुरेन्द्र थापालाई बोर्डले सिईओ नियुक्त गर्ने निर्णय गरेको हो।

    कम्पनीको सर्टलिष्टमा छानिएकाहरूमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्कीमध्ये थापालाई बोर्डले सिईओ पदको लागि नियुक्त गरेको हो ।

    सिईओ नियुक्ती सम्बन्धी बीमा प्राधिकरणको संस्थागत सुशासन सम्बन्धी व्यवस्था अनुसार पूर्व स्वीकृतिको लागि बीमा प्राधिकरण पेश गरी स्वीकृत प्राप्त भएपछि उहाँको नियुक्ती प्रक्रिया पुरा हुनेछ ।

    थापा बीमा क्षेत्रमा लामो अनुभव भएका अब्बल प्रशासक हुन् । उहाँको कार्यकालमा पुनर्बीमा कम्पनीले थप प्रगति गर्ने विश्वास गरिएको छ ।


    आइतवार, जेठ १३ २०८१०२:१८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij