Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल,कांग्रेसको नाराबाजी

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल,कांग्रेसको नाराबाजी

  • आइतवार, जेठ १३ २०८१

  • 252
    SHARES

  • प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल,कांग्रेसको नाराबाजी

    काठमाडौं। प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपालीहरुको विरोधको बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

    यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्नुभएको थियो ।

    तर, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाले नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन ।

    आजको बैठकमा पनि नेपाली कांग्रेसले आफ्नो पूर्वअडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ । तर सभामुखले त्यसमाथि छलफलका लागि एक घण्टाको समय निर्धारण गरिएको जानकारी गराउनु भएको थियो ।

    त्यसअघि राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो ।


    आइतवार, जेठ १३ २०८१०१:००:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij