Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

  • आइतवार, जेठ १३ २०८१

  • 339
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची रहेको छ।

    नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको हो।

    प्रतिनिधिसभाको बैठकमा भने अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८०९८१ को आर्थिक सर्वेक्षण पेश गर्नेछन्। यसैगरी उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    प्रतिनिधिसभाको आज बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव।

     


    आइतवार, जेठ १३ २०८१०७:५४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij