काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदै छ ।
हिजो टुंगोमा नपुगेकाले बैठक आज बिहान ९ बजेका लागि तय गरिएको हो। कार्यादेशमा सहमति जुट्न नसकेपछि बैठक पुनः आज बस्न लागेको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
सहमहामन्त्री परियारले हिजोको छलफल सकारात्मक भए पनि टुंगोमा पुर्याउने बाँकी काम आइतबार शीर्ष नेताबीचको बैठकले गर्ने बताउनुभयो ।