Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

कार्यदलको बैठक सुरु, आजै कार्यादेशको टुङ्गो लगाउने तयारी

कार्यदलको बैठक सुरु, आजै कार्यादेशको टुङ्गो लगाउने तयारी

  • शनिवार, जेठ १२ २०८१

  • 517
    SHARES

  • कार्यदलको बैठक सुरु, आजै कार्यादेशको टुङ्गो लगाउने तयारी

    काठमाडौं। सहकारीको रकम अपचलनका विषयमा छानबिन समिति बनाउन कार्यविधि तय गर्न बनेको कार्यदलको बैठक सुरु भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल जारी छ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन हुँदै आएको छ।यसअघि पटकपटक बसेको बैठक निष्कर्षबिहीन बनेपछि आज पुनः बैठक बसेको हो।

    कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता प्रदीप परियार हुनुहुन्छ।


    शनिवार, जेठ १२ २०८१०५:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij