Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै

  • शनिवार, जेठ १२ २०८१

  • 316
    SHARES

  • संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै

    काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।

    आजको बैठक दिउँसो ३ बजे कानुन मन्त्रालयमै बस्नेगरी बैठक बोलाइएको कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    सत्ता र प्रतिपक्षी दलहरु बजेट प्रस्तुत गर्ने दिन नजिँकिदै गर्दा सदनको गतिरोध हटाउन सक्रिय भएका छन् । भोलि नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यसूची प्रभावित हुन नदिने गरी गतिरोध अन्त्यको प्रयास भएको नेताहरूले बताएका छन् ।

    गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सरकार लचक भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार छानविन समितिमा कांग्रेस रविको नाम नराख्न तयार भएको छ । तर, गोर्खा मिडिया नेटवर्कका एमडीमाथि छानविन हुनुपर्ने प्रस्ताव कांग्रेसले राखेको छ ।

    यसमा सत्तारुढ एमाले सहमत भएको छैन । हिजो साँझ प्रमुख दलका शीर्षनेताहरूबीच भएको छलफल सकरात्मक भएपछि आज फेरि कार्यदलको बैठक बस्न लागेको हो ।

    आजको बैठकमा सहमति जुट्ने नजुट्ने कांग्रेसमा भर पर्ने नेता बर्तौलाले बताउनुभयो ।


    शनिवार, जेठ १२ २०८१०९:५७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij