Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन बालुवाटारमा छलफल

संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन बालुवाटारमा छलफल

  • शुक्रवार, जेठ ११ २०८१

  • 757
    SHARES

  • संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन बालुवाटारमा छलफल

    काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउनका लागि शीर्ष तहका नेताहरूको बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा कांग्रेस दलका नेता कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखक, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र एमाले प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।

    बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता भने सहभागी भएका छैनन् । शुक्रबार बिहान बसेको संसदीय छानबिन समितिको कार्यादेश बनाउन बनेको कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको थियो । शीर्ष तहमा सहमति खोज्ने गरी कार्यदलको बैठक सकिएको थियो ।


    शुक्रवार, जेठ ११ २०८१०५:२८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij