Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • शुक्रवार, जेठ ११ २०८१

  • 298
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।

    जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा अहिलेसम्म छलफल हुन सकेको छैन । यो नीति तथा कार्यक्रम पारित भएपछि यसैको आधारमा तयार पारिएको सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुने हो ।

    सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुनेछ । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने र पारित हुनेछ ।

    गृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलन गरेको भन्ने बारेमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशमा सहमतिका लागि गठित कार्यदलको बैठकमा सहमति हुन नसक्दा संसद अवरुद्ध भइरहेको छ ।


    शुक्रवार, जेठ ११ २०८१०७:०५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij