Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

  • बिहिवार, जेठ १० २०८१

  • 300
    SHARES

  • सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
    काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । गण्डकी प्रदेश सभाको बैठक ११ जेठको दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
     
    कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म संसद् बैठकमा सहभागी नहुने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ।
     
    मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा ३० सांसदको समर्थन पाउँदैमा सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो। जबकि ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
     
    कांग्रेसले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
     
    मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनैपनि कार्यमा नेपाली कांग्रेसको सहभागिता नरहने कांग्रेस संसदीय दलका प्रमुख सचेतक न्यौपानेले बताउनुभयो ।


    बिहिवार, जेठ १० २०८१०२:१३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij