Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

चालु आर्थिक वर्ष २०८०–८१ को वैशाखसम्म ९८ अर्ब ८ करोड रुपैयाँ ऋण थप

चालु आर्थिक वर्ष २०८०–८१ को वैशाखसम्म ९८ अर्ब ८ करोड रुपैयाँ ऋण थप

  • बिहिवार, जेठ १० २०८१

  • 611
    SHARES

  • चालु आर्थिक वर्ष २०८०–८१ को वैशाखसम्म ९८ अर्ब ८ करोड रुपैयाँ ऋण थप

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को वैशाखसम्म ९८ अर्ब ८ करोड रुपैयाँ ऋण थप भएको छ ।

    सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा २२ खर्ब ९९ अर्ब सार्वजनिक ऋण रहेकोमा १० महिनामा ९८ अर्ब ८ करोड रुपैयाँ थप भएको छ । यो भनेको चालु वर्ष लिएको ऋण र भुक्तानी गरेको ऋण घटाएर आएको रकम हो ।

    यो सँगै देशको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब पुगेको छ । चैत महिनाको तुलनामा भने वैशाखमा ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको हो । कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४२.२ प्रतिशत पुगेको छ ।

    विज्ञहरूले नेपालको हालको ऋण आत्तिनुपर्ने अवस्थामा नरहेको बताएका छन् । यद्यपि ऋणको सदुपयोगितामा भने उनीहरूले प्रश्न उठाउँदै आएका छन् ।

    अहिले देशमा ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋण छ भने १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ आन्तरिक ऋण छ । यो अवधिमा सरकारले १ खर्ब ६६ अर्ब ५५ करोड रुपैयाँ ऋण भुक्तानी गरिसकेको छ ।

    आन्तरिक ऋण १ खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँ भुक्तानी गरेको हो ।


    बिहिवार, जेठ १० २०८१०१:५४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij