Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी

  • बुधवार, जेठ ९ २०८१

  • 517
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बसिरहेको छ ।

    सानेपास्थित पार्टी मुख्यालयमा भर्खर बैठक सुरू भएको हो । आजको बैठकमा समसामयिक राजनीतिक विषय र पछिल्ला घटनाक्रममा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

    सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने अडानमा सदन अवरुद्ध गरिरहेको कांग्रेस हिजो कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया नागरिकतासम्बन्धी कसुरमा पक्राउपछि थप आक्रोशित बनेको छ । यही मेसोमा बसेको कांग्रेस बैठकले भावी रणनीति तयार गर्ने बताइएको छ ।

    कांग्रेसको नाराबाजीबीच पछिल्लो दिनमा सदनको कारबाही अघि बढेको छ ।


    बुधवार, जेठ ९ २०८१०२:०४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij