Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ, समिति बनिहाल्छ : ओली

कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ, समिति बनिहाल्छ : ओली

  • मंगलवार, जेठ ८ २०८१

  • 792
    SHARES

  • कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ, समिति बनिहाल्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताउनुभएको छ ।

    मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने बताउनुभयो ।

    ‘कांग्रेसले आफूलाई सम्हाल्नुपर्‍यो कांग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास मूल्य मान्यतामा आउनुपर्‍यो’, उहाँले भन्नुभयो ।

    त्यसो भए घेराउकै बीच बजेट ल्याउने हो भन्ने प्रश्नमा ओलीले यसअघि पनि त्यसरी बजेट आएको बताउनुभयो । ‘घेराउका बीच बजेट आएका छैनन् ? हामीले १२ पल्ट घेराउ गर्दागर्दै बजेट आएको देख्नुभएको थिएन ?’, ओलीले प्रश्न गर्नुभयो ।

    ५ जेठमा शीर्ष नेताहरुबीच भएको सहमति अनुसार सहकारीको बचत अपचलनमा छानबिन समिति बन्न सक्ने ओलीले बताउनुभयो ।


    मंगलवार, जेठ ८ २०८१०२:०५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij