Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सभापति र महामन्त्रीमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौति

सभापति र महामन्त्रीमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौति

  • मंगलवार, जेठ ८ २०८१

  • 632
    SHARES

  • सभापति र महामन्त्रीमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौति

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेले आइतबार आफ्ना पार्टी सभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न आग्रह गर्नुभएको हो ।

    गत आइतबार गृहमन्त्री लामिछानेले कांग्रेस सभापति देउवाले आफूलाई डेढ वर्ष प्रधानमन्त्री अफर गरेको र आफूले अस्वीकार गरेपछि संसदमा अवरोध गरेको आरोप लगाउनुभयो । कांग्रेसका महामन्त्री गगन थापालाई कृषि अनुदान दुरुपयोग गरेको, विदेशीलाई सूचना बेचेको आदि आरोप लगाउनुभएको थियो ।

    मंगलबार प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेसँग समय लिएर कांग्रेस सांसद पाण्डेले गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा बरबराएको टिप्पणी गर्नुभयो ।

    गृहमन्त्रीले लगाएका आरोपहरुमाथि छानबिनका लागि सांसद पाण्डेले सभामुखसमक्ष रुलिङको माग समेत गर्नुभएको छ ।


    मंगलवार, जेठ ८ २०८१०२:००:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij