Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक बस्दै

संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक बस्दै

  • मंगलवार, जेठ ८ २०८१

  • 464
    SHARES

  • संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक बस्दै

    काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक बस्दै छ ।

    बैठक बिहान ९ बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको कार्यदल सदस्य जीवन परियारले जानकारी दिनुभयो ।

    सत्ता पक्ष र विपक्षबीच लामो छलफलपछि छानबिन गर्न समिति बनाउन सहमत भएर समितिको क्षेत्राधिकार टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन भएको छ।

    कार्यदलका सदस्यमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन्। तर विभिन्न चरणमा छलफल भएपनि कार्यदेशमा सहमति हुन सकेको छैन।

    मूलतस् कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति भएको छैन।


    मंगलवार, जेठ ८ २०८१०७:४३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij