Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रतिपक्षी दलहरुले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने

प्रतिपक्षी दलहरुले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने

  • सोमवार, जेठ ७ २०८१

  • 992
    SHARES

  • प्रतिपक्षी दलहरुले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने

    काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् ।

    सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने निर्णय गरेको हो ।

    बैठकले आजको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले खेलेको भूमिकामाथि पनि प्रश्न उठाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।

    बैठकमा कांग्रेस, राप्रपाका साथै जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू उपस्थित थिए ।


    सोमवार, जेठ ७ २०८१०२:१२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij