Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

बुवाले गराइदिए छोराको चौरासी पूजा

बुवाले गराइदिए छोराको चौरासी पूजा

  • शुक्रवार, कार्तिक १४ २०७७

  • 1.3K
    SHARES

  • बुवाले गराइदिए छोराको चौरासी पूजा

    नवलपरासी – बर्दघाट सुस्ता पश्चिमका एक बुवाले छोराको चौरासी पूजा गर्न पाउने सौभाग्य पाउनुभएको छ।

    बुवाले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिनुभयो ।

    बुवाले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई बुवा केशवराजसँग आशीर्वाद लिइरहेका थिए। चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताउनुभयो । बुवा केशवराज अहिले पनि स्वस्थ्य हुनुहुन्छ ।

    तीपातीमै जीवन बिताउनुभएका बुवालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साहिँला छोरा हरिप्रसादले बताउनुभयो । केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा बाबुराम छन् ।

    छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ, सुखी र खान पुगोस् भनी आशीर्वाद दिनुभयो ।

    आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुसी लागेको छोरा दधिरामले बताउनुभयो । विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिनुभएका ज्ञवालीका चार छोरा छन्।

    उहाँको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ। उहाँका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् जो २०७६ साउनमा जन्मेका हुन् । साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठिक १०० वर्षले फरक छ ।

     


    शुक्रवार, कार्तिक १४ २०७७०४:३९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij