Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रविको नाम राखेरै संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै, जुटेन सहमति

रविको नाम राखेरै संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै, जुटेन सहमति

  • आइतवार, जेठ ६ २०८१

  • 1.1K
    SHARES

  • रविको नाम राखेरै संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै, जुटेन सहमति

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवार पूर्ण रूपमा प्रस्तुत नभएको आरोप लगाएको छ ।

    आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाउनुभएको हो ।

    उहाँले सरकार संसदीय समिति बनाउन तयार भए पनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताउनुभयो ।

    उहाँले संसदीय समितिको नाममा झारो टार्ने काममा सरकार लागेकाले ढिला भइरहेको बताउनुभयो । उहाँले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने कुरा पनि उल्लेख गरेर जाने, जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाऊँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोगबारे पनि उल्लेख गर्न भने पनि सत्तापक्ष विषय केन्द्रित हुन नमानेको बताउनुभयो ।

    प्रमुख सचेतक लेखकले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि आरोप लागेकाले उहाँको नाम राखेरै संसदीय समिति बनाउने बारेमा सहमति जुट्न नसकेको र कांग्रेस यो मागबाट पछि नहट्ने बताउनुभयो ।


    आइतवार, जेठ ६ २०८१०४:३०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij