Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

छानबिन समितिमा रवि लामिछानेको नाम नराखी कार्यादेश

छानबिन समितिमा रवि लामिछानेको नाम नराखी कार्यादेश

  • आइतवार, जेठ ६ २०८१

  • 1.7K
    SHARES

  • छानबिन समितिमा रवि लामिछानेको नाम नराखी कार्यादेश

    काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश तयार भएको छ ।

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदल गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको छ ।

    कार्यदल बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगिएको तर अन्तिम निष्कर्षमा नपुगिएको बताउनुभयो ।

    कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर उनी जोडिएको भनिएका सहकारीको नाम राख्ने गरी सहमति भए पनि कांग्रेस नेताहरू आन्तरिक छलफलका लागि बाहिरिएपछि अन्तिम सहमति बाँकी रहेको हो ।

    कार्यदलमा नेपाली कांग्रेसबाट जीवन परियार, बैठकमा सहभागी ज्ञानेन्द्र कार्की पार्टी संसदीय दलको कार्यालयतर्फ लागेका छन् । कार्यदलमा भएको सहमतिको ड्राफ्ट पार्टीमा बुझाउने र निर्देशन आएपछि सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको बुझिएको छ ।


    आइतवार, जेठ ६ २०८१०३:१८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij