Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आयरल्याण्डमा नेपाली दूतावास स्थापना गर्न एनआरएनएको माग(पत्रसहित)

आयरल्याण्डमा नेपाली दूतावास स्थापना गर्न एनआरएनएको माग(पत्रसहित)

  • शनिवार, जेठ ५ २०८१

  • 809
    SHARES

  • आयरल्याण्डमा नेपाली दूतावास स्थापना गर्न एनआरएनएको माग(पत्रसहित)

    काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)आयरल्यान्डले आयरल्यान्डमा पनि नेपाली दूतावास स्थापना गर्न माग गरेको छ।

    नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा र नेपाली दूतावास लन्डनमा निवेदन दिँदै एनआरएनए आयरल्याण्डले पछिल्लो समय आयरल्याण्डमा बसोबास गर्ने नेपालीहरुको जनसंख्या बढ्दै गइरहेको र उनिहरुका समस्या पनि दिनानुदिन बढ्दै गइरहेकोले यसलाई मध्यनजर गर्दै दूतावास स्थापना गर्न माग गरेको हो।

    एनआरएनए आयरल्यान्डका पूर्वअध्यक्ष, प्रमुख संरक्षक बिनोद कार्की र नेपाली जनसम्पर्क समिती आयरल्याण्डका सभापति अंकित ओलीले बैशाख २५ मा नेपाल सरकारका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त अनुरोध पत्र हस्तान्तरण गर्नुभयो।

    त्यसैगरी एनआरएनए आयरल्यान्डका अध्यक्ष, प्रकाश सापकोटाले बैशाख २६ गते नेपाली दूतावास लन्डनमा पुगेर संयुक्त अधिराज्य र आयरल्यान्ड तथा माल्टाका लागि राजदूत ज्ञानचन्द आचार्यसमक्ष दूतावास स्थपनाका लागि अनुरोध पत्र हस्तान्तरण गर्नुभएको हो।

    1.jpg

    2.jpg


    शनिवार, जेठ ५ २०८१०६:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij