Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग छलफल गर्दै

  • शनिवार, जेठ ५ २०८१

  • 384
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग छलफल गर्दै


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले हिजो साँझ नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित भएको थियो ।

    आज प्रधानमन्त्री र कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबीच संसदमा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटार छलफल हुने भएको हो ।

    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेताहरूको आन्तरिक व्यस्तताका कारण शुक्रबार बेलुका छलफल हुन नसकेको बताउनुभयो । उहाँका अनुसार अहिलेकेहिबेरमा प्रधानमन्त्रीसँग भेटघाटको समय तय भएको छ ।

    कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।


    शनिवार, जेठ ५ २०८१०८:५३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij