Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोशीमा मन्त्रालय भागवण्डा टुङ्गियो, कसलाई कुन मन्त्रालय ?

कोशीमा मन्त्रालय भागवण्डा टुङ्गियो, कसलाई कुन मन्त्रालय ?

  • शुक्रवार, जेठ ४ २०८१

  • 1.0K
    SHARES

  • कोशीमा मन्त्रालय भागवण्डा टुङ्गियो, कसलाई कुन मन्त्रालय ?
    काठमाडौं । कोशी प्रदेश सरकारमा मन्त्रालय बाँडफाँट टुङ्गिएको छ । जसमा एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट ४ जना मन्त्री परिषद्मा सहभागी हुने भएका हुन् ।
     
    मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार एमालेबाट एकराज कार्की, लीलावल्लव अधिकारी र पिके राई मन्त्री बन्ने छन् । यस्तै सिर्जना राई राज्यमन्त्री बन्ने पक्का भएकी छन् । माओवादीबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बन्ने पक्का भएको छ । माओवादीकी वन्दना झाँगडलाई राज्यमन्त्री बनाउने सहमति भएको छ ।
     
    यस अघि मुख्यमन्त्री हिक्मत कार्कीले एमालेबाट राम राना मगर र गणेश उप्रेतीलाई मन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री कार्यालयका अनुसार एमालेबाट मन्त्री भएको एकराज कार्कीलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।
     
    पीके राई लाई सामाजिक विकास मन्त्री र लीलावल्लव अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । यस अघि नै मन्त्री नियुक्त भएका राम रानालाई भने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने सहमति जुटेको छ ।
     
    माओवादीबाट मन्त्री भएका गणेश उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, नारायण बुर्जा मगरलाई पर्यटन बन तथा वातावरण मन्त्रालय र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।
     
    एमालेबाट राज्यमन्त्री बन्न लागेकी सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र माओवादीकी वन्दना झाँगडलाई पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । नवनियुक्त मन्त्रीहरूको शपथग्रहणको लागि आजै साँझ साढे ४ बजेको समय निर्धारण गरिएको सरकारका प्रवक्ता तथा मन्त्री रामबहादुर मगरले जानकारी दिनुभयो ।


    शुक्रवार, जेठ ४ २०८१०४:२६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij