Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रतिनिधिसभाको बैठक आज बस्दै, सञ्चालन हुने वा नहुने अनिश्चित

प्रतिनिधिसभाको बैठक आज बस्दै, सञ्चालन हुने वा नहुने अनिश्चित

  • शुक्रवार, जेठ ४ २०८१

  • 364
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज बस्दै, सञ्चालन हुने वा नहुने अनिश्चित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

    प्रतिनिधिसभाको बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

    प्रतिपक्षको अवरोध भइरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनु भएको थियो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।

    सहकारीमा ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने काँग्रेसले माग राखेको छ । यस विषयमा दलहरूबिच सहमति नजुटेकाले आजको बैठक पनि सञ्चालन हुने वा नहुने अनिश्चित छ ।


    शुक्रवार, जेठ ४ २०८१०८:०४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij