Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

ओलीले फेरी पनि संसद विघटन गर्ने बाटो खोजिरहेका छन्ः शेखर कोइराला

ओलीले फेरी पनि संसद विघटन गर्ने बाटो खोजिरहेका छन्ः शेखर कोइराला

  • बिहिवार, जेठ ३ २०८१

  • 697
    SHARES

  • ओलीले फेरी पनि संसद विघटन गर्ने बाटो खोजिरहेका छन्ः शेखर कोइराला

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद विघटनको बाटोमा लागेको आरोप लगाउनु भएको छ।

    आज प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीलाई यस्तो आरोप लगाउँदै नेता कोइरालाले संसद विघटनको बाटोमा लागेर कांग्रेसलाई नधम्क्याउन ओलीलाई चेतावनी दिनुभएको हो।

    प्रतिनिधिसभालाई विघटनको स्थितिमा पुर्याएर पहिलेको संसद विघटन सही थियो भन्ने कुरा पुष्टि गराउन ओलीले खोजिरहेको भन्दै ओलीको धम्कीले कांग्रेस नडराउने नेता कोइरालाको चेतावनी थियो।

    उहाँले ओलीले सरकार गठनको प्रक्रिया धारा ७६(३), धारा ७६(५) हुँदै प्रतिनिधिसभा विघटनसम्म पुर्याउन खोजेको गम्भिर आरोप लगाउनु भयो।

    यही उद्देश्य राखेर ओलीले सरकारी ठगीमा संसदीय छानबिन समिति बनाउन नमानेको उहाँको आरोप छ। कोयरालाले कांग्रेसलाई धाकधम्की देखाएर उद्देश्यमा पुग्न सकिन्छ भन्ने कुरा नसोच्न चेतावनी दिनुभयो।


    बिहिवार, जेठ ३ २०८१०३:५८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij