Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

गिरिबन्धु टी–स्टेटको जग्गा ओलीले नै बिक्री गरेका हुन्ः देउवा

गिरिबन्धु टी–स्टेटको जग्गा ओलीले नै बिक्री गरेका हुन्ः देउवा

  • बिहिवार, जेठ ३ २०८१

  • 626
    SHARES

  • गिरिबन्धु टी–स्टेटको जग्गा ओलीले नै बिक्री गरेका हुन्ः देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिबन्धु टी–स्टेटको जग्गा एमाले अध्यक्ष केपी शर्मा ओलीकै पालामा बिक्री भएको दाबी गर्नुभएको छ।

    आज कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अहिले आएर ओलीले आफूले निर्णय गरेको विषय पनि कांग्रेसलाई दोष दिएर उम्किन खोजेको भन्दै यसमा आंग्रेसलाई नजोड्न आग्रह गर्नुभयो।

    सभापति देउवाले अदालतले नै फैसलामा ओलीले नै निर्णय गरेको कुरा पनि स्मरण गर्नुभयो। सर्वोच्च अदालतले पनि ओली सरकारको पालामा आफैंले बनाएको नियमावली ओलीले उल्लंघन गरेर जग्गा बेचेको फैसला गरेको छ।

    ओली सरकारको पालामा संसद्ले बनाएको ऐन र ओली आफैंले बनाएको नियमावली मिचेर चिया बगानको जग्गा साटफेर गर्ने अनुमति दिइएको थियो ।

    यसअघी एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले गिरीबन्धुको जग्गा बेच्ने निर्णय कांग्रेसको पालामा भएको दाबी गर्नुभएको थियो।


    बिहिवार, जेठ ३ २०८१०३:५१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij