Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

एमाले संसदीय दलको बैठक बानेश्वरमा

एमाले संसदीय दलको बैठक बानेश्वरमा

  • बुधवार, जेठ २ २०८१

  • 571
    SHARES

  • एमाले संसदीय दलको बैठक बानेश्वरमा

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । बुधवार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको दाबीसहित छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडानसहित नेपाली कांग्रेसले संसद् बैठक र सडक सङ्घर्ष समेत सुरु गरिरहँदा एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो ।

    बैठकमा गिरीबन्धु टी स्टेटको जग्गा सरकारको मातहत ल्याउन सर्वोच्च अदालतले आदेश दिएको विषयमा पनि छलफल हुने बताइएको छ । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको तत्कालीन सरकारले सो जग्गा व्यक्तिको नाममा सट्टा गर्न मिल्ने गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ ।

    बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्वअर्थमन्त्री युवराज खतिवडा पनि सहभागी छन् । पोखरेल र खतिवडा भने सांसद होइनन् ।


    बुधवार, जेठ २ २०८१०२:०९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij