काठमाडौं । नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको बैठक आज सकिने जनाइएको छ ।
जारी बैठकमा सोमबार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो ।
यस्तै उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
केन्द्रीय कमिटीका सदस्यहरूलाई १२ वटा समूहमा विभाजन गरेर यी प्रतिवेदनमाथि छलफल भइरहेको छ।
समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि बैठक सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ।