Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

नीति तथा कार्यक्रमः अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकता

नीति तथा कार्यक्रमः अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकता

  • मंगलवार, जेठ १ २०८१

  • 425
    SHARES

  • नीति तथा कार्यक्रमः अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकता

    काठमाडौं। सरकारले संविधान कार्यान्वयन, संघीयताको सवलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्ने भएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वर्तमान सरकार देशमा समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्याय सहित समृद्ध नेपालः सुखी नेपाली को राष्ट्रिय पूरा गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो।

    उहाँले नेपाली जनताको सुख, समुन्नतिका लागि संंघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको बताउनुभयो।

    राष्ट्रपति पौडेलले रोजगारी सृजना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा पनि सरकारले जोड दिएको बताउनुभयो।


    मंगलवार, जेठ १ २०८१०४:०२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij