Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

नीति तथा कार्यक्रमः सहकारीको सुपरीवेक्षण र नियमन गर्न नियामक निकाय स्थापना गर्ने

नीति तथा कार्यक्रमः सहकारीको सुपरीवेक्षण र नियमन गर्न नियामक निकाय स्थापना गर्ने

  • मंगलवार, जेठ १ २०८१

  • 402
    SHARES

  • नीति तथा कार्यक्रमः सहकारीको सुपरीवेक्षण र नियमन गर्न नियामक निकाय स्थापना गर्ने

    काठमाडौं। सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि सरकारले विशिष्टिकृत नियामक निकाय स्थापना गर्ने भएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षका लागी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारी संस्थाको सघन सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरीने बताउनुभएको हो।

    त्यस्तै सहकारी वचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असुली न्यायाधिकरणमार्फत सहकारी क्षेत्रको वचत तथा लगानीको सुरक्षा गरिने पनि सरकारको नीति रहेको छ ।

    सहकारी संस्थाहरु अनिवार्य रुपमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन, सूचना प्रणालीमा आवद्ध हुनुपर्ने व्यवस्था गरिने पनि उहाँले बताउनुभयो । सरकारको शेयर स्वामित्व भएका साझा सहकारी संस्थालाई एकिकरण गर्ने व्यवस्था मिलाइने पनि उहाँले जानकारी गराउनुभयो । वचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने सरकारको नीति छ ।


    मंगलवार, जेठ १ २०८१०३:५१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij