Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कांग्रेसले आजको संसद बैठक अवरोध नगर्ने, नीति तथा कार्यक्रम नरोक्ने

कांग्रेसले आजको संसद बैठक अवरोध नगर्ने, नीति तथा कार्यक्रम नरोक्ने

  • मंगलवार, जेठ १ २०८१

  • 460
    SHARES

  • कांग्रेसले आजको संसद  बैठक अवरोध नगर्ने,  नीति तथा कार्यक्रम नरोक्ने

    काठमाडौं। नेपाली कांग्रेसले आजको संसद बैठक अवरुद्ध नगर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रम नरोक्ने निर्णय रहेको छ ।

    सहकारीको रकम हिनामिना प्रकरणमा अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिएको कांग्रेसले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको हो ।

    संसदीय दलको बैठक अगाडि महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।भेटमा प्रचण्डले कांग्रेसलाई आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।

    राष्ट्रपतिलाई संसद्मा अवरोध गर्दा गलत सन्देश जाने भएकाले लचक बन्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको आग्रहमा कांग्रेस आफ्नो निर्णयबाट पछि हटेको हो ।

    कांग्रेसले सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिँदै आएको थियो ।
    राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।संयुक्त बैठकपश्चात् साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । साँझको बैठक भने अवरोध गर्ने कांग्रेसको भनाइ छ ।


    मंगलवार, जेठ १ २०८११२:५०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij