काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताबिचको छलफल भएको छ ।
संसद् अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले समस्या समाधानका लागि पूरै कोसिस गरिरहेको र समस्या समाधानतर्फनै उन्मुख रहेकाले सहयोग गरिदिन आग्रह गरेको बताउँदै लेखकले नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने तयारी रहेकाले राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरीदिन पनि प्रधानमन्त्रीले आग्रह गरेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीको भनाइबारे संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्ने लेखकको भनाइ छ । संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।