काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ ।
उहाँको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको कांग्रेस नेता शेखर कोइरालले जानकारी दिनुभयो ।
रेग्मी राष्ट्रिय सभाका पूर्वसदस्य हुनुहुन्छ ।
उहाँको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने छ ।