Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

  • मंगलवार, जेठ १ २०८१

  • 291
    SHARES

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

    काठमाडौं । नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ।

    दुई दिनसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था लगायत समसामयिक परिस्थितिबारे छलफल गरिने भएको छ। बैठक बिहान ११ बजे कान्तिपुर गार्डेन बैंक्वेटमा सुरु हुने प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिनुभयो ।

    बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी समेत बैठकले तोक्नेछ।

    बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने र संगठन विस्तारका लागि आवश्यक कार्ययोजना बनाउने पार्टीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।

     


    मंगलवार, जेठ १ २०८१०८:२०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij