Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–ओली र रविबीच भेटवार्ता, के छ तयारी ?

प्रचण्ड–ओली र रविबीच भेटवार्ता, के छ तयारी ?

  • सोमवार, बैशाख ३१ २०८१

  • 1.6K
    SHARES

  • प्रचण्ड–ओली र रविबीच भेटवार्ता, के छ तयारी ?

    काठमाडौं । संसदको अवरोधबारे निकास खोज्न सत्तारुढ प्रमुख घटकका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापतिबीच अहिले छलफल भइरहेको हो ।

    सिंहदरबारमा जारी बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भएको बताइएको छ ।

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ । संसदको गतिरोध अन्त्य सरकारको भूमिकामा निर्भर हुने कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।


    सोमवार, बैशाख ३१ २०८१०५:३२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij