Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दुवईमा एटीएम–२०२४ को ३१ औं संस्करण सम्पन्न

दुवईमा एटीएम–२०२४ को ३१ औं संस्करण सम्पन्न

पर्यटन बोर्डको नेतृत्वमा नेपालका निजी क्षेत्रका ९ कम्पनीसँगको सहभागिता
  • आइतवार, बैशाख ३० २०८१

  • 740
    SHARES

  • दुवईमा एटीएम–२०२४ को ३१ औं संस्करण सम्पन्न

    काठमाडौं। दुवईमा एटीएम–२०२४ को ३१ औं संस्करण सम्पन्न  भएको छ । दुवई वल्र्ड ट्रेड सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट ( एटीएम–२०२४) को ३१ औं संस्करणमा नेपालले सहभागीता जनाएको छ ।

    मार्केटमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपालका निजी क्षेत्रका ९ कम्पनीसँगको सहभागिता रहेको थियो ।

    अरेबियन ट्राभल मार्केटकमा वैशाख २४ देखि २७ सम्म आयोजित कार्यक्रममा विश्वभरका १६० भन्दा बढी देशहरूबाट ३ हजार भन्दा बढी आगन्तुकहरू सहभागी थिए ।

    गत वर्षको तुलनामा ११ प्रतिशत वृद्धि त्यहाँ २ हजार ६ सय भन्दा बढी प्रदर्शनी कम्पनीहरूले भाग लिएका थिए । जसमा विश्वभरका उद्योग व्यवसायीहरू थिए ।

    एटीएममा सहभागी कम्पनीहरुमा द सोल्टी होटल एण्ड रिसोर्ट्स, द एभरेष्ट होटल, कोरा टुर्स, अराउन्ड द हिमालयज प्रा. लि., हिमालयन ३६०, एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चर, नमस्ते टुरिजम एण्ड हलिडेज प्रा. लि., सत्यम टोरस एण्ड ट्राभल्स प्रा. लिमिटेड र इन्क्रेडिबल माउन्टेन्स प्रा. लि.रहेको कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले जानकारी दिनुभयो ।

    निजी क्षेत्रका सहभागीहरूले ४ दिने कार्यक्रममा सम्भावित खरिदकर्ताको उपस्थिति र प्रतिक्रियाले युएईबाट नेपालमा पर्यटक आगमनमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    मेलामा बोर्डका अधिकारीहरूले थोक बिक्रेता, ट्राभल मिडिया, र मार्केटिङ प्रतिनिधिहरू र प्रभावकारीहरूसँग भेटे र अन्तरक्रिया गरेका थिए ।

    सो अवसरमा युएइका लाागि नेपालका राजदूत तेजबहादुर क्षेत्री सहित राजदूतावासको टोली तथा नेपाल व्यापार परिषद् दुवईका अध्यक्ष डा.आसिफ अली सिद्दिकी, विश्व पर्यटन मञ्चका सदस्य बारिस काह्रिमान लगायतले नेपाल स्टलको भ्रमण गर्नु भएको थियो ।

    सो अवसरमा गणतन्त्र माल्दिभ्सका पर्यटनमन्त्री इब्राहिम फैसल, एयर इन्डिया एक्सप्रेसका चीफ मार्केटिङ अफिसर सिद्धार्थ बुटालिया र उनको टोलीसँग भेटवार्ता गरि नेपालको पर्यटन तथा मुम्बई–काठमाडौं–मुम्बई बैंग्लोर–काठमाडौं–बैंग्लोर उडान लगायतका विषयमा छलफल भएको बोर्डका प्रबन्धक घिमिरेले जानकारी दिनुभयो ।

    6701bb2c-5dbd-4799-b82c-db3fc9332207.jpg

    2a9b7ded-406d-4a44-a151-d6ecb239b308.jpg


    आइतवार, बैशाख ३० २०८१०४:१६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij