Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीचको छलफल सकारात्मक

प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीचको छलफल सकारात्मक

  • आइतवार, बैशाख ३० २०८१

  • 566
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीचको छलफल सकारात्मक

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसबीच भएको छलफल सकारात्मक भएको छ । आज बिहान प्रधानमन्त्रीले संसदको गतिरोध खुलाउने विषयमा बालुवाटारमा आज बिहान कांग्रेसका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

    छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताउनुभएको छ । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।

    नेपाली कांग्रेसका नेताहरूले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएको छ ।


    आइतवार, बैशाख ३० २०८१११:१४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij