काठमाडौं नेकपा एसको स्थायी कमिटी आज पनि बस्दै छ ।
बैठक पार्टी कार्यालय आलोकनगरमा बस्ने भएको छ। स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बस्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
हिजोदेखि शुरु भएको बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आइतबार पनि स्थायी कमिटी बैठक बस्न लागेको उहाँले बताउनुभयो ।