Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

आगामी संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

आगामी संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

  • शनिवार, बैशाख २९ २०८१

  • 466
    SHARES

  • आगामी  संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

    सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरेको छ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो। मङ्गलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारको छ।

    “सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा सङ्घीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ”, संसद्को सूचनामा भनिएको छ।

    उक्त दिन सबै सांसदलाई दिनको २ स् ४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसनग्रहण गरिसक्न भनिएको छ।


    शनिवार, बैशाख २९ २०८१०६:५२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij