Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

  • शुक्रवार, बैशाख २८ २०८१

  • 600
    SHARES

  • कोशी प्रदेशको बजेट अधिवेशन आह्वान
    काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गर्नुभएको छ ।
     
    बिहीबार नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ३१ वैशाखमा प्रदेशको बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
     
    मन्त्रिपरिषद्को सिफारिसपछि प्रदेश प्रमुख पर्शुराम खापुङले ३१ वैशाख बिहान ११ बजेका लागि प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गर्नुभयो।
     
    यसअघि अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले ११ जेठका लागि प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई दुई पटक सिफारिस गर्नुभएको थियो ।
     
    २६ चैतमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका केदार कार्की बुधबारबाट स्वतः पदमुक्त भएको उल्लेख गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठन आह्वान भएको थियो । बिहीबार नै दाबी पेश गरेका हिक्मतकुमार कार्कीले नियुक्ति र शपथपछि बिहीबार नै कार्यभार सम्हालेका थिए ।
     
    नयाँ सरकार गठन प्रक्रियाको विरुद्ध अन्तरिम आदेश माग गर्दै केदार कार्की सर्वोच्च अदालत पुग्नुभएको छ । बिहीबार कार्कीले दायर गरेको रिट आज न्यायाधीश हरि फुयाँलको इजलासमा सुनुवाइ भइरहेको छ ।
     


    शुक्रवार, बैशाख २८ २०८१०२:२७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij