Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जलेश्वर नगरपालिकाका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जलेश्वर नगरपालिकाका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • बिहिवार, बैशाख २७ २०८१

  • 625
    SHARES

  • जलेश्वर नगरपालिकाका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी कायम गरिएको छ।
     
    जलेश्वर नगरपालिका– १ स्थित हाटबजार क्षेत्रमा ०७९र८० मा गरिएको ढलानमा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
     
    आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव-इन्जिनियर दीपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषीदेवीलाई प्रतिवादी बनाएको हो।
     
    अख्तियारका अनुसार प्रमुख प्रशासकीय अधिकृत ढकाल र अधिकृत छैटौं झाले पीसीसी ढलान योजनाको वास्तविक भए गरेको भन्दा उपभोक्तालाई बढी भुक्तानी दिएका थिए । ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी गरेको देखिएको भन्दै आयोगले सो बमोजिमको बिगो जरिवाना दाबी गरेको छ।


    बिहिवार, बैशाख २७ २०८१०२:१८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij