काठमाडौं । सर्वोच्च अदालतमा आज बिहीबार सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएका कारण सबै मुद्दाको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
सिजापतिको हिजो निधन भएको र ढिलो गरी सूचना आएका कारण मुद्दाको पेशी चढिसकेपछि सुनुवाइ रोकिएको हो । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिटमा आजै सुनुवाइ हुँदै थियो।
रिटको पेशी न्यायाधीश मनोजकुमार शर्माको इजलासमा चढेको थियो। तर बेन्च नबसेका कारण सुनुवाइ हुन सकेन। सुनुवाइ रोकिए पनि प्रशासनिक काम भने भइरहेको घिमिरेले बताउनुभयो ।
कोशी प्रदेश प्रमुखविरुद्ध मुख्यमन्त्री केदार कार्कीले आजै रिट दायर गर्दैछन् ।