Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पाल्पामा रक्तसंचार सेवा केन्द्र स्थापना अभियानमा सतीश चापागाईद्वारा १ लाख सहयोग

पाल्पामा रक्तसंचार सेवा केन्द्र स्थापना अभियानमा सतीश चापागाईद्वारा १ लाख सहयोग

  • बिहिवार, बैशाख २७ २०८१

  • 1.7K
    SHARES

  • पाल्पामा रक्तसंचार सेवा केन्द्र स्थापना अभियानमा सतीश चापागाईद्वारा १ लाख सहयोग

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थका लागि सतीश चापागाईले १ लाख रुपैया सहयोग गर्नुभएको छ।

    नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले पाल्पामा ब्लड बैंक स्थापनाको लागि बिशेष अभियान संचालन गरिरहेको छ । यहि अभियानमा रामपुर नगरपालिका १० स्थायी घर भई हाल अमेरिकामा रहनुभएका चापागाईले १ लाख रुपैया सहयोग गर्नुभएको हो यस्तै उक्त अभियानमा देश विदेशमा रहेका पाल्पाली र अन्य जिल्लाका नेपालीहरु यस महान कार्यमा जुटिरहनु भएको छ ।

    रु १ लाख आर्थिक सहयोग गरेका चापागाई नेपाल रेडक्रस सोसाईटी पाल्पाको यशस्कर सदस्य हुनुहुनेछ र ब्लड बैंकको संस्थापक सदस्य पनि हुनुहुनेछ । सतीश चापागाईसंगै धेरै जनाले यो अभियानमा हातेमालो गर्नुभएको छ र यो अभियानमा जोडिने क्रम जारी छ ।

    रेडक्रस पाल्पाले यो अभियानमा जोडिएर आर्थिक सहयोग गर्नेहरुलाई आजीवन, विशिष्ट र यशस्कर सदस्यता प्रदान गर्ने पनि निर्णय गरिसकेको छ ।

     


    बिहिवार, बैशाख २७ २०८११०:१०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij