Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

  • बिहिवार, बैशाख २७ २०८१

  • 338
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने कार्यसूची रहेको छ ।

    भोलिदेखि शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

    सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसदमा विरोध जनाएको थियो। यसैकारण सरकारले वैशाख ३ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो।

    शुक्रबार शुरु हुने अधिवेशनमा पनि आफ्ना माग जोडदार रूपमा उठाउने कांग्रेसले जनाएको छ।

     


    बिहिवार, बैशाख २७ २०८१०७:०२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij