Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

  • बुधवार, बैशाख २६ २०८१

  • 724
    SHARES

  • माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार प्रा. खगेन्द्र खड्काको निधन भएको छ। खड्काको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा उपचारकै क्रममा निधन भएको हो ।

    खड्काको निधनपछी माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गर्दै सल्लाहकार खड्काको निधनले सिङ्गो पार्टी स्तब्ध भएको उल्लेख गर्नुभएको छ।

    वि.सं.२००८ साल असोज १२ गते उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ मा जन्मिनु भएका खड्का लामो समय कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आउनु भएको थियो ।

    खड्का २०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा समाहित भई केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहनुभएको थियो। हाल टोखा नगरपालिका धापासीमा बस्दै आउनु भएका खड्काका ४ छोरीहरू रहेका छन्।

    हिजो धिन भएका खड्काको अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टि आज साँझ ६ बजे पशुपति आर्यघाटमा गर्ने कार्यक्रम रहेको गुरुङ्गले बताउनु भएको छ।


    बुधवार, बैशाख २६ २०८१०४:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij