Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याइने प्रधानमन्त्री प्रचण्डको भनाइ

आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याइने प्रधानमन्त्री प्रचण्डको भनाइ

  • बुधवार, बैशाख २६ २०८१

  • 309
    SHARES

  • आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याइने प्रधानमन्त्री प्रचण्डको भनाइ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताउनुभएको छ ।

    माओवादी केन्द्र सिन्धुलीको सुनकोसी गाउँसमितिद्वारा आज मूलकोटमा आयोजित कार्यकर्ता भेटमा आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको दाबीसमेत गर्नुभयो ।

    आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने बताउनुभयो ।

    नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उहाँले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाउनुभयो ।


    बुधवार, बैशाख २६ २०८१११:३२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij